मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल

मकवानपुर खबर संवाददाता
२२ फाल्गुन २०८२, शुक्रबार ०५:३३

Spread the love

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेको छैन।

यसअघि बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको भए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले गणना प्रक्रिया सुरु हुन नसकेको हो।

जिल्लाका क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रको मतगणना एकै समयमा सुरु गर्ने भनिएको थियो। तर निर्धारित समय बितिसक्दा पनि मतगणना सुरु नभएपछि उम्मेदवार, दलका प्रतिनिधि तथा सर्वसाधारणमा अन्योलता देखिएको छ।

मतगणना कहिलेबाट सुरु हुने भन्ने विषयमा अहिलेसम्म आधिकारिक समय तय नभएको स्रोतले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयले तयारी भइरहेको र छिट्टै मतगणना सुरु गरिने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*